प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाई फेरी सर्यो, अनुमोदनवारे निर्णय सोमबार हुने

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाई फेरी सर्यो, अनुमोदनवारे निर्णय सोमबार हुने


काठमाडौं–प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको संसदीय सुनुवाइ फेरी सरेको छ । संसदीय समितीबाट अनुमोदन गर्ने नगर्ने निर्णय आईतबार हुने भनिएपनि फेरी समितिको बैठक सोमबार दिउंसोका लागी सरेको छ ।

समितिकी सदस्य निरु पालकाअनुसार सुनुवाई समितीको बैठक आईतबार बिहान बस्ने भनिएता पनिसांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएकाले बैठक स्थगित भएको हो ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको हुँदा बैठक स्थगित भएको हो ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशीले कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।