सिके राउत समूह मूलधारको राजनीतिमा आउनु महत्वपूर्ण उपलब्धि :प्रधानमन्त्री ओली

सिके राउत समूह मूलधारको राजनीतिमा आउनु महत्वपूर्ण उपलब्धि :प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र जनताको सार्वभौमसत्तामाथि जनमत संग्रह हुनै नसक्ने बताएका छन् ।

उनले राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा जनताले चाहे मात्रै जनमत संग्रह हुन सक्ने पनि उल्लेख गरे । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको विषयलाई प्रश्न उठाउने अधिकार कसैलाई नभएको पनि स्मरण गराए ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहका ओलीले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउत समूहले देशको भौगोलिक अखण्डताको सम्मान गर्दै मूलधारको राजनीतिमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको सुरक्षाका दृष्टिले त्यो सहमति अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको पनि बताए । कार्यक्रममा मन्त्रीहरु, प्रधानसेनापति पूर्णचन्द्र थापासहित सबै सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको थियो ।