कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्ने नतिजा (सूचनासहित)

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्ने नतिजा (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दैछ ।

नतिजा प्रकाशनको लागि बोर्ड बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको जानकारी दिए ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन्

गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने अर्यालले बताए । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तिर्ण हुनेछन् ।

यसैबीच कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।

टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।

टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ ।