कक्षा १२ को परीक्षा स्थगित गर्न राज्यमन्त्रीको प्रस्ताव, परीक्षा बोर्ड भन्छ हल्ला मात्रै

कक्षा १२ को परीक्षा स्थगित गर्न राज्यमन्त्रीको प्रस्ताव, परीक्षा बोर्ड भन्छ हल्ला मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भौतिक रुपमा नगर्न प्रस्ताव गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसकोे तेस्रो लहर सुरु हुन लागेको हुँदा स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिएर आन्तरिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरेका छन् ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक रुपमा नै साउन ३१ गतेदेखि गर्ने तयारी गरेको छ । यता  बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा स्थगित भएको चर्चा सामाजिक सञ्जालको हल्ला मात्र रहेको बताए ।

उनले भने, अहिले सम्म परीक्षा स्थगित गर्ने कुनै निर्णय भएको छैन् । केही अनलाइनले परीक्षा स्थगित भएको भनेर लेखेछन् । निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने हाम्रो कोशिस रहन्छ । परिस्थितिले रोक्नुपर्ने बनाएमा सूचना निकाल्छौँ ।

 यही ३१ साउनदेखि ९ भदौसम्म परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।