यस वर्ष २३ वटा समूहका २२६ आरोही सर्वोच्च शिखर सगरमाथा चढ्दै

यस वर्ष २३ वटा समूहका २२६ आरोही सर्वोच्च शिखर सगरमाथा चढ्दै


काठमाडौँ– यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् ।

सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा, अन्नपूर्ण, आमादब्लमलगायत हिमाल आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन् ।

विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । छ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

महानिर्देशक भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेका छन् । यो याममा अझै थुप्रै आरोही हिमाल चढ्न आउने अनुमान गरिएको छ ।