काठमाडौं– प्रमुख तीन दल नेकपा एमाले,माओवादी केन्द्र र नेपाली कांग्रेसका सभापतिबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाबिहानै प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।
प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल भइरहेको छ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्ष शनिबार बिहानै बालुवाटार पुगेका हुन् ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।
प्रतिक्रिया