माओवादी छिट्टै पहिलो दल बन्ने प्रचण्डको दाबी

माओवादी छिट्टै पहिलो दल बन्ने प्रचण्डको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल बन्ने दाबी गरेका छन् । राष्ट्रिय नाचंघर जमलमा भएको अग्रगामी संघीय मोर्चासंगको एकता र ध्रुवीकरण कार्यक्रममा मंगलबार बोल्दै अध्यक्ष प्रचण्डले अर्को चुनावसम्म सबै माओवादी एक ठाउमा आउने दाबी गरे । माओवादी एकताको विकल्प नभएको भन्दै प्रचण्डले आगामी निर्वाचनसम्म सबै एक हुनुपर्ने बताए ।

 

 

पार्टी फुटलाई जनताले इन्कार गरेको भन्दै प्रचण्डले एकताका लागी आफुले पहल गरिरहेको जानकारी समेत दिए । पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले जनता र कार्यकर्ताले एकताका दबाव दिएको भन्दै एकतामा नआउने पार्टी र नेताहरुको अस्तित्व समाप्त हुने दाबी गरे ।