विश्वबैंकका उच्च अधिकारीलाई नेकपा अध्यक्ष प्रचण्डले किन भेटे?

विश्वबैंकका उच्च अधिकारीलाई नेकपा अध्यक्ष प्रचण्डले किन भेटे?


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा थप लगानी गर्न विश्व बैंकका उच्च अधिकारीलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बिहिवार प्रचण्ड निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानी बढाउन आग्रह गरेका हुन ।

बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोससंगको भेटमा अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको भन्दै नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको उल्लेख गरे ।

भेटमा देशीय निर्देशक जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे । नेपालको विकास उच्च प्राथमिकतामा रहेको भन्दै उनले कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।