काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेशतर्फ प्रस्थान गरेका छन् । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणमा थापा ७ सदस्यीय भ्रमण दलसहित ढाका प्रस्थान गरेका हुन् । उनी माघ १ मा स्वदेश फर्कनेछन् ।
नेपाली सेनाको एम-२८ स्काईट्रक लिएर सेनापति थापा ढाका प्रस्थान गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । उक्त विमान अमेरिकी सरकारले गत महिना नेपाली सेनालाई हस्तान्तरण गरेको थियो ।
प्रधानसेनापति थापा यसअघि भारत,चीन र अमेरिकाको भ्रमणमा गएका थिए ।
प्रधानसेनापति थापालाई बलाधिकृतरथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो ।
नेपाली सेनाले भ्रमणको दौरान उहांले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसंग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको जनाएको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्र्पक निर्देशनालयले जानकारी दिएको छ ।
उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया