प्रधानसेनापति थापा भारततर्फ प्रस्थान, कायम मुकायमको जिम्मेवारी रथी कुवरलाई

प्रधानसेनापति थापा भारततर्फ प्रस्थान, कायम मुकायमको जिम्मेवारी रथी कुवरलाई


काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा भारत भ्रमणको क्रममा नयां दिल्ली प्रस्थान गरेका छन् । प्रधानसेनापति थापा ७ सदस्यीय भ्रमण दलसहित शुक्रवार भारत प्रस्थान गरेका हुन् ।

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । थापालाई बलाधिकृत रथी हेमन्तराज कुंवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई शनिवार भारतका राष्ट्रपति श्री रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल विपन रावत, रक्षामन्त्री निर्मला सिथारमन राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्चपदस्थ पदाधिकारीहरुसंग भेटवार्ता गर्नुका साथै साउथ वेस्र्टन कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितीमा बलाधिकृतरथी हेमन्तराज कुंवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । भारत भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमणदल माघ २ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

भारतिय सेनाको निमन्त्रणमा नेपाली सेनाका चार पुर्व प्रधानसेनापति भारत जांदै 

प्रधानसेनापतिको आसन्न भारत भ्रमण : सम्बन्ध सुधारदेखि सहायता बृद्धिसम्मका ऐजेण्डा