मधेषमा बस्तुस्थिती बुझ्दै प्रधानसेनापति थापा 

मधेषमा बस्तुस्थिती बुझ्दै प्रधानसेनापति थापा 


हेटौडा-  प्रधानसेनापति पूर्णचन्द्र थापा देशभरका सैनिक व्यारेकको अवलोकन भ्रमणमा निस्केका छन् । प्रधानसेनापति थापाले फिल्डमै गएर वस्तुस्थिती,तालिम र वन्दोवस्तीको अवस्थाको जानकारी लिइरहेका छन् । 

सेनापतिले सोमबार धनुषास्थित मध्यपूर्वी हेडक्वार्टर र सिरहाको श्री नम्बर २७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । यसअघि सेनापति थापा पश्चिमी नेपालको सैनिक ब्यारेकको भ्रमणमा निस्केका थिए । 

सैनिक जनसम्र्पक निर्देशनालयले सेनापति थापाले बाहिनी अड्डाको स्थलगत बस्तुस्थिती,तालिम,बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गरेको जनाएको छ । 

सेनापति आजै पुर्वी पृतना हेडक्वाटरतर्फ लागेका छन् । उनी मंगलवार मात्र काठमाडौैं फर्कने छन् ।