काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासंग काठमाण्डौस्थित अमेरिकी र जर्मनीका राजदूतहरुले भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय भद्रकालीमा शुक्रवार अमेरिकी राजदूत रेण्डी बेरी र जर्मन राजदूत रोलाण्ड सेफरले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाली सेनाको सैनिक जनसम्र्पक निर्देशनालयले उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुतहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।
भेटमा अमेरिकी राजदूतसंग सैन्य क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल भएको थियो । सैनिक स्रोतले दिएको जानकारीअनुसार भेटमा अमेरिकी राजदूतले नेपाली सेनासंग काम गर्न अमेरिका ईच्छुक रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया