काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने सेनाको संवैधानिक जिम्मेवारी भएको बताएका छन् ।
बृहत् एकीकरण मार्ग कार्यक्रमको जंगी अड्डामा बिहिवार आयोजित एक विशेष कार्यक्रमको उदघाटन गर्दै थापाले नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु भएको कार्यक्रमलाई थप व्यवस्थित बनाउन “इतिहास संरक्षण एवं सम्र्बद्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिकाको समेत लागू गरी कार्य सम्पादन शुरु गरिएको जानकारी दिए ।
प्रधानसेनापतिले एकीकरण मार्ग कार्यक्रम अन्तर्गत इतिहास र संस्कृतिको सम्बर्धन र प्रवर्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट प्राप्त भएको सहयोग र साथ आफैमा अभिप्रेरक भएको बताए।
तीन दिनसम्म संचालन हुने उक्त सेमिनारको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट समापन हुने कार्यक्रम रहेको छ ।सेनाले यस प्रकारको सेमिनारबाट प्राप्त हुने प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले एकिकरण मार्ग कार्यक्रम सम्बन्धी दीर्घकालीन र एकीकृत योजना बनाउन सहयोग पुग्नुका साथै राष्ट्रिय एकताको सम्बर्धन र प्रवर्धनमा थप टेवा पुर्याउने विश्वास लिएको छ ।
प्रतिक्रिया