लखनऊबाटै नेपाली सेनाको हेलिकोप्टर चढेर प्रधानसेनापति स्वदेश फर्किए 

लखनऊबाटै नेपाली सेनाको हेलिकोप्टर चढेर प्रधानसेनापति स्वदेश फर्किए 


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्।  मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा पौष २७ गते भारत प्रस्थान गरेका थिए ।  सेनापति नेपाली सेनाको एम आई १७ हेलिकोप्टरवाट भारतको लखनऊबाट अपरान्ह स्वदेश फिर्ता भएका हुन् । 

प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्त राज कुंवरले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।  भने नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा थापाको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

प्रधानसेनापति थापालाई पौष २८ मा भारतका महामहिम राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी को दर्जा प्रदान गरेका थिए । 

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल विपिन रावतसंग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित साउथ वेष्र्टन कमाण्ड र लखनऊस्थित सेन्ट्रल कमाण्डको मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गरेका थिए । 

नेपाली सेनाको सैनिक जनसम्र्पक निर्देशनालयलये यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउने दावी गरेको छ । 

त्यसका साथै भम्रणबाट द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन महत्वपूर्ण भएको विश्वास समेत नेपाली सेनाले लिएको छ ।