काम नगर्ने ठेकेदारसँग सिडिओले लिए स्पष्टिकरण

काम नगर्ने ठेकेदारसँग सिडिओले लिए स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा– जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले विकास निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही शुरु गरेको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ठेकेदार र कामको विवरण संकलन गरेर काम नगर्नेमाथि स्पष्टीकरण सोधिएको बताए।

जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना ठेकेदार कारवाहीको दायरामा देखिएकाले पहिलो चरणमा स्पष्टिकरण सोधिएको उनले बताए। काम तत्कालै नथाले दोस्रो चरणमा ठेक्का रद्ददेखि गिरफ्तारसम्म गर्ने प्रशासनले चेतावनी दिएको छ।