देशभर चिसो बढ्यो, यस्तो छ कारण

देशभर चिसो बढ्यो, यस्तो छ कारण


काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकामा गत वर्षको तुलनामा यसवर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ ।

पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए ।