बाम एकताबारे छलफल गर्न माओवादी केन्द्रले डाक्यो बैठक

बाम एकताबारे छलफल गर्न माओवादी केन्द्रले डाक्यो बैठक


काठमाडौं – मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक डाकेको छ ।

 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार अपराह्न १३ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।

 

पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।