कम्युनिस्टको राष्ट्रवादी टोपी कालापानीमा झर्‍यो :सभापति देउवा

कम्युनिस्टको राष्ट्रवादी टोपी कालापानीमा झर्‍यो :सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक आयोगलाई खेलौना बनाउन खोजेको आरोप लगाएका छन् । धरानको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले, प्रधानमन्त्री केपी ओलीले एदकलीय व्यवस्था लाद्न खोजेको समेत आरोप लगाए ।

‘स्वतन्त्र न्यायलयलाई सीमित व्यक्तिको घेरामा राख्न खोजिएको छ,’ उनले भने । प्रधानमन्त्रीलाई शक्तिको उन्माद जागेको भन्दै देउवाले अख्तियारलाई ‘ब्ल्याकमेल आयोग’ बनाउन खोजिएको समेत आरोप लगाए । उनले सीमित व्यक्तिको घेराभित्र मात्र संवैधानिक परिषद राखेर शाही आयोग जस्तो बनाएर जनतालाई ब्ल्याकमेल गर्न खोजेको कुरा काँग्रेसले नमान्ने उनले बताए ।

कालापानीमा भारतीय सेना राखेको बारे सर्वदलीय बैठकमा बोलाएर राय दिइएको बारेमा पनि प्रधानमन्त्री बोल्न नसकेको आरोप उनको थियो । उनले कम्युनिस्टको राष्ट्रवादको टोपी कालापानीमा झरेको टिप्पणी समेत गरे ।

सभापति देउवाले भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेर्दासमेत सरकारले केही गर्न नसकेको टिपपणी गरे। ‘काश्मीरको सबै भू-भागसँगै नेपालको पनि भू-भाग समेटर भारत सरकारले नक्सा जारी गरेकोबाट भारत सरकारले नेपाल र पाकिस्तानलाई बराबरै हेरेको बुझिन्छ,’ उनले भने, ‘भारतले पनि कालापानी र सुस्तालाई विवादित भूमि मान्दै आएको अवस्थामा कसरी त्यो पनि भू-भाग समेटेर नक्सा जारी गर्‍यो त्यसैले यसमा प्रधानमन्त्री केपी ओलीको पनि भूमिका प्रष्ट हुन्छ।’