काठमाडौं –पत्रकार किशोर पन्थी पुस्तक ‘कम्पन’ लिएर आएका छन्। १२ वैशाख २०७२ को भूकम्प पश्चातका वास्तविक घटना उल्लेखित ‘कम्पन’ आगामी वैशाख १० गते विमोचन गर्न लागिएको हो ।
पुस्तकको तीन पूर्वप्रधानमन्त्री क्रमशः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधव नेपालले संयुक्त रुपमा विमोचन गर्ने तय भएको पन्थीले जानकारी दिए।
लेखक पन्थीका अनुसार ‘कम्पन’मा विशेषगरी भूकम्पपछि भोग्नुपरेको समस्या, गर्नुपरेको संघर्ष, विपतका बेला जीवनको अर्थ, आशा र नयाँ सुरुवात लगायतका विषयवस्तुलाई समेटिएको छ । पन्थी न्युयोर्कबाट प्रकाशन हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन् । पन्थी अमेरिकाको विदेश मन्त्रालयबाट मान्यता पाउने पहिलो नेपाली पत्रकार समेत हुन् ।
प्रतिक्रिया