द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर हुनुपर्छ : काँग्रेस नेता सिटौला

द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर हुनुपर्छ : काँग्रेस नेता सिटौला


सुर्खेत – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका छन् । काँग्रेस सुर्खेतद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाउन नसक्नु दुःखद् रहेको बताएका हुन् ।

उनले विस्तृत शान्ति सम्झौताको १२ वर्ष बितिसक्दासमेत द्वन्द्वपीडितलाई न्याय दिलाउन नसक्दा समाजमा बदलाको भावना बढ्न गई भविष्यमा अर्को कुनै प्रकारको द्वन्द्व निम्तिन सक्ने खतरा औँल्याएका । शान्ति सम्झौताको मर्मविपरीत सहमतिमै गठन भएका सत्य निरुपण तथा मेलमिलाप र बेपता पारिएका व्यक्तिको छानबिन आयोगलाई सरकारले निष्क्रिय पारेको उनको आरोप थियो ।

“कुनै अड्चन भए पनि संसद्बाट कानून बनाएर आयोगलाई गतिशील बनाउनुपथ्र्यो” पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले भने , “यति ठूलो बहुमत हुँदासमेत सरकारले द्वन्द्वपीडितलाई किन न्याय दिन सकेन, यसले सरकारको नियतमाथि प्रश्न उठेको छ ।”

उनले भने , “प्रतिपक्षीले जनमतको दबाबमार्फत सरकारलाई सही ट्रयाकमा लैजान सक्नुपथ्र्यो, त्यसमा हाम्रो पार्टीको कमजोरी रह्यो ।” पत्रकारको जिज्ञासामा सिटौलाले सभापति शेरबहादुर देउवा बहुमतका आधारमा पेलेर अघि बढ्न खोजेको भन्दै आपत्ति जनाए ।