नेपालगन्ज– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको बताएका हुन् ।
नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प नभएको र टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको आरोप लगाए ।
उनले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो भएको र यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्ने बताएका छन् । सरकारप्रति कटाक्ष गदै नेता सिंहले अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिने आरोप समेत लगाए ।
प्रतिक्रिया