आन्तरिक विवाद समाधानमा जुट्यो कांग्रेस

आन्तरिक विवाद समाधानमा जुट्यो कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवाद समाधानमा जुटेको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा शीर्ष नेताहरूको छलफल जारी छ ।

सभापति निवास बुढानिलकण्ठमा बुधबार चार घण्टा बैठक बसे पनि विनानिष्कर्ष टुंगिएपछि आज बैठक बोलाइएको हो । बुधबार विहान देउवाले आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए ।

बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला लगायतका नेताहरू उपस्थित छन् । महाधिवेशनको मिति घोषणा, सदस्यता सम्बन्धी विधानको धारा निलम्बन र विभाग संख्या थप जस्ता विषयमा विवाद भएपछि कांग्रेस सहमतिमा जुटेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विवादबारे सहमति नजिक पुगेको जानकारी दिए । हिजो (९ माघ) मा पौडेल पक्षले आफू निकट नेताहरूसँग छलफल गरेका थिए ।