सहमहामन्त्रीमाथि आक्रमणका पछाडि हात हुने व्यक्ति र समूहमाथि कडा कारवाही होस् : कांग्रेस

सहमहामन्त्रीमाथि आक्रमणका पछाडि हात हुने व्यक्ति र समूहमाथि कडा कारवाही होस् : कांग्रेस


काठमाण्डु – नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणका पछाडि हात हुने व्यक्ति र समूहलाई कडा कारबाही गर्न माग गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुनसक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

सहमहामन्त्री यादवमाथि भएको आक्रमणको भत्र्सना गर्दै कांग्रेसले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो ।