डा. शेखर कोइराला नआउँदा कांग्रेस बैठक अनिर्णित, अब भोलि बस्ने

डा. शेखर कोइराला नआउँदा कांग्रेस बैठक अनिर्णित, अब भोलि बस्ने


काठमाण्डु – कोशी प्रदेशमा पार्टीभित्र देखिएको समस्याबारे छलफल गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अनिर्णित बनेको छ ।

नेता डा. शेखर कोइराला अनुपस्थित भएपछि बैठक अनिर्णित बनेको हो ।

कोशी प्रदेशबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार साँझ धुम्बाराहीमा बैठक बोलाएका थिए । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक भोलि शनिबार पुनः बस्ने गरी स्थगित भएको जानकारी दिए ।

उनले भने, ‘शेखर कोइराला भोलि बैठकमा आउनुहुन्छ अनि छलफल गर्छौं ।’

कोशी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बो र एमालेको समर्थनसहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।