कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान, महासमिति बैठकबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान, महासमिति बैठकबारे छलफल हुने


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंसिर २९ गते शुक्रबार दिउँसो सवा १२ बजेका लागि बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महासमिति बैठकको तयारी सम्बन्धमा छलफल हुने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा जाजरकोट भूकम्प, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।