राष्ट्रियसभा निर्वाचनको सबै जिम्मेवारी सभापति देउवालाई दिने कांग्रेसको निर्णय

राष्ट्रियसभा निर्वाचनको सबै जिम्मेवारी सभापति देउवालाई दिने कांग्रेसको निर्णय


काठमाण्डु – नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दिए पनि उम्मेदवारबारे गठबन्धनभित्र छलफल गर्ने जिम्मा सभापति देउवालाई दिइएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसँग मिलेर जाने कुरा भएकाले सभापतिलाई जिम्मा दिइएको जानकारी दिए ।

‘उम्मेदवारबारे सबै दलसँग छलफल गरेर मात्रै टुंगिन्छ । निर्वाचन आयोगमा दर्ताको जिम्मेवारी मुख्यसचिवलाई दिइएको छ । पुस १२ गते केन्द्रीय समितिको बैठक बस्दैछ । निर्वाचनको सन्दर्भमा सभापतिलाई जिम्मेवारी दिने प्रचलनअनुसार निर्वाचनको सबै जिम्मेवारी उहाँलाई दिइएको छ,’ उनले भने ।