सानेपामा नेविसंघका विद्यार्थीबिच ‘कुटाकुट’

सानेपामा नेविसंघका विद्यार्थीबिच ‘कुटाकुट’


काडमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्स समिति घोषणा अघि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा झडप भएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसनमा बसेपछि देउवा समूहले हातपात गरेको हो ।

नेविसंघमा अहिले नै ३२ वर्ष उमेरहद लागू गर्नुपर्ने र लागू गर्न नहुने पक्षबीच विवाद छ । काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन् ।

शुक्रबार नेपाली कांग्रेसका नेताहरुबिच नेविसंघमा १२७ जनाको तदर्स समिति हुने सहमति भएको थियो । नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ । त्यसैगरि अन्य नामहरुको टुंगो भने आ–आफ्नो समुहमा छलफल गरि सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहनेछन् । त्यसैगरी दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् ।

सहमति अनुसार दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ । त्यस्तै एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ ।