राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र मनोनित १ जना गरी २० सांसदको पदावधि सकिँदैछ ।

राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने १ महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुँदैछ ।