कांग्रेस संसदीय दलले तोक्यो १० विषयगत समितिका संयोजक

कांग्रेस संसदीय दलले तोक्यो १० विषयगत समितिका संयोजक


काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा संयोजक तोकेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले १० वटा विषयगत समितिमा संयोजक तोकेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संयोजकको जिम्मेवारी रामनाथ अधिकारीलाई अर्थ, डा. नारायण खड्कालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, रमा कोइरालालाई उद्योग, वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हित र नागिना यादवलाई कानून न्याय तथा मानव अधिकार समितिमा दिइएको छ ।

सांसद दिलेन्द्रप्रसाद बडूलाई राज्य व्यवस्था र सुशासन, दिनेश यादवलाई पूर्वाधार विकास, लीलादेवी बोखिमलाई शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि र श्यामकुमार घिमिरेलाई सार्वजनिक लेखा समितिको संयोजक तोकिएको छ ।

कुशुमदेवी थापालाई कृषि सहकारी तथा प्राकृतिक स्रोत, आशा विकलाई महिला तथा सामाजिक मामिला समितिको संयोजक तोकिएको छ ।

बैठकले संसदीय दलको कार्यसमितिको निर्वाचन छिट्टै गर्ने प्रमुख सचेतक लेखकले बताए ।