कांग्रेससँग सहमति नजुटेपछि संसद् बैठक बस्न ढिलाइ

कांग्रेससँग सहमति नजुटेपछि संसद् बैठक बस्न ढिलाइ


काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारबीच सहमति नजुटेपछि संसद् बैठक बस्न ढिलाइ भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन गर्न सहमत हुनुपर्ने र कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिनुपर्ने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन ।

सहमति नजुटेपछि कांग्रेसले बिहीबार पनि संसद् बैठकमा अवरोध जारी राख्ने भएको छ । गृहमन्त्री लामिछानेविरुद्ध छानबिन गर्न सरकार सकारात्मक नभएकाले संसद् अवरोध कायमै राख्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

संसद् बैठक बिहानका लागि तय भए पनि अपराह्न ४ बजे सारिएको थियो । तर अपराह्नसम्म पनि बैठक सुरु हुन सकेको छैन ।