काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्काे नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक भोलि शुक्रबार बिहानसम्म स्थगित गरिएको जानकारी दिए ।
नाराबाजीबीच सभामुख घिमिरेले बैठक सञ्चालन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।
त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनगर्ठन सम्बन्धी पत्र पढेर सुनाएका थिए ।
प्रतिक्रिया