कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभाग सदस्यमा १० जना मनोनित

कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभाग सदस्यमा १० जना मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पिछडिएको क्षेत्र समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित गरेका छन् ।

सभापति देउवाले सोमबार कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख रंगमती शाहीको नेतृत्वमा रहेको पिछडिएको क्षेत्र विभागको सदस्यमा १० जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनित हुनेमा डोल्लाबाट दुधकुमारी हमाल,रौतहटबाट डा. सम्झना खातुन, काठमाण्डुबाट स्मारिका सिंखडा, धादिङबाट उत्तम सिंखडा, भोजपुरबाट रामकुमार राई, बाजुराबाट ऐनबहादुर मल्ल, पाल्पाबाट अर्जुनप्रसाद रेग्मी, हुम्लाबाट नरबहादुर रोकाया, दैलेखबाट हरिशंकर तिमिल्सेना र बागलुङबाट हिराप्रकाश गौचन छन् ।