कांग्रेस सभापति देउवाद्वारा व्यवसायी विकास विभागका १० सदस्य मनोनित

कांग्रेस सभापति देउवाद्वारा व्यवसायी विकास विभागका १० सदस्य मनोनित


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका १० सदस्य मनोनित गरेका छन् ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी विधानको धारा २५(९) बमोजिम विभागका सदस्य मनोनित गरिएको जानकारी दिए ।

विभागको सदस्यमा काठमाण्डुका खगेन्द्र आचार्य, सर्लाहीका विस्वामित्र रिजाल, सिराहाका अशोक कुमार साह, रौतहटका मुकेश गुप्ता, नवलपुरका रवि सापकोटा, रामेछापका रामकृष्ण ढुंगेल, संखुवासभाका बिपिन राई, कैलालीका उपेन्द्र जोशी, दाङका वसन्त जोशी र सुर्खेतका लक्ष्मी कार्की मनोनित भएका छन् ।