ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्ने मापदण्डमा के छ ?

ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्ने मापदण्डमा के छ ?


काठमाण्डु – नयाँ प्रधानमन्त्री बन्न दाबी पेश गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नेपाली कांग्रेसले गरेको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने मापदण्ड तय गरेको छ ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा मापदण्ड लागू गर्ने भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले योगदान र योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने मापदण्ड बनाएको छ । सकेसम्म एकैपटक मन्त्रीहरूको टुंगो लगाएर जाने तयारी गरिएको उनले बताए ।

कांग्रेसमा मन्त्री बन्ने आकांक्षी धेरै भए पनि मापदण्डका आधारमा मन्त्री छनोट गरिने भएको छ । कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा आरजु राणा देउवाको नाम चर्चामा छ ।