कांग्रेस संसदीय दलको मुख्य सचेतकमा घिमिरे मनोनित

कांग्रेस संसदीय दलको मुख्य सचेतकमा घिमिरे मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेलाई मनोनित गरेका छन् ।

संसदीय दलका निजी सचिव केशवराज जोशीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै दलका नेता देउवाले संसदीय दलको विधानको (संशोधन तथा परिमार्जनसहित २०७४) को धारा १३ को उपधारा (१) बमोजिम घिमिरेलाई मनोनयन गरेको जनाएका छन् ।

यसअघि मुख्य सचेतक रहेका रमेश लेखक गृहमन्त्री भएपछि पद रिक्त थियो ।