काठमाण्डु– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाहरूको महाधिवेशन चैत्र मसान्तसम्ममा अनिवार्य सम्पन्न गर्नका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ को निर्णय बमोजिम नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन २०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउनु पर्ने छ । जसका लागि प्रत्येक भ्रातृ संस्थाका ३–३ जना संयोजक र सदस्यलाई लिएर समिति गठन गरिएको हो ।
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्व रहने छ भने पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य रहेका छन् ।
यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को संयोजकत्वमा सरिता प्रसाईँ र जितजङ्ग बस्नेत सदस्य रहेका छन् भने नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सहमहामन्त्री किशोर सिंह राठौर संयोजकत्वमा प्रतिमा गौतम र राजिव ढुंगाना सदस्य रहेका छन् ।
प्रतिक्रिया