कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानको सदस्यमा १८ जना नियुक्त

कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानको सदस्यमा १८ जना नियुक्त


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा १८ जनालाई नियुक्त गरिएको छ ।
प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१)(ग) बमोजिम सदस्य नियुक्त गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नियुक्त हुनेहरूमा कविराज पण्डित (बाजुरा), डा. जगदीशचन्द्र पोखरेल (तनहुँ), छन्दबहादुर पहराई (गुल्मी), विजुला वर्मा (सिन्धुली), डा. केदारनरसिंह केसी (नुवाकोट), रिना उप्रेती केसी (सोलुखुम्बु), वीरेन्द्र यादव (धनुषा), डा. कृष्णप्रसाद पौडेल (कास्की), भरत प्रसाई (झापा), कमल कार्की (भक्तपुर), बलदेव तिमिल्सीना (सिन्धुपाल्चोक), डोलराज भुसाल (स्याङ्जा), प्रताप पौडेल (बाग्लुङ), हजारी नेपाली वादी (जाजरकोट), विश्वदिप लामिछाने (काठमाण्डु) नाहिदा परविन (रौतहट), भवानी पन्त (कञ्चनपुर) र अनार बस्नेत (काठमाण्डु) रहेका छन् ।