कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान विजयी, एमाले तेस्रो

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान विजयी, एमाले तेस्रो


काठमाण्डु – स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुरको नगर प्रमुख (मेयर) पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनलाई पछि पार्दै कृष्णमान विजयी भएका हुन् ।

निर्वाचित कृष्णमानले ५ हजार ६९ मत पाउँदा माओवादीका शिवले ४ हजार ११९ मत मात्रै पाए ।

कीर्तिपुरमा नेकपा एमाले तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३ हजार ९९७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार ८७६ मत पाएका छन् ।