कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनित

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनित गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा शुक्रबार थप सदस्य मनोनित गरिएको छ ।

सभापति देउवाले डा. लक्ष्मीराज पाठक (कैलाली), डा. मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा. अनिलकुमार झा (सप्तरी), डा. सुमन कर्माचार्य (रामेछाप), डा. सुशीलनाथ प्याकुरेल (ललितपुर), श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत) लाई सदस्य पदमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।