काठमाण्डु – नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने भएको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिको शुक्रबार बैठकले बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य रहने गरी क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । बैठकले तालिका बनाएरै चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
सदस्य सीता गुरुङले भनिन्, ‘नवीकरणका लागि कार्यतालिका नै बनाएर पठाउँछौं । वडाले कहिले सक्ने, पालिकाले, प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला हुँदै केन्द्रमा कति गते आइपुग्ने भनेर कार्यतालिका नै आउँछ ।’
नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न अध्ययन गर्ने निर्णय गरिएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया