काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आईतबार गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भ्रमित गतिविधिबाट प्रभावित नहुन अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्योल सिर्जना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
हेर्नुस् कांग्रेसको गम्भीर ध्यानाकर्षण –
यस्तो छ नक्कली वक्तव्य –
प्रतिक्रिया