कांग्रेस संसदीय दल कार्यसमिति बैठकले गर्‍यो यी १० निर्णय (सूचीसहित)

कांग्रेस संसदीय दल कार्यसमिति बैठकले गर्‍यो यी १० निर्णय (सूचीसहित)


काठमाण्डु – नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बिहीबार बसेको बैठकले विभिन्न १० निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका छन् ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले सरकारका कामकारवाहीसँग सम्बन्धित निर्णय गरेको छ ।

बैठकले सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्न महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्न सरकारमा सहभागी मन्त्रीहरूलाई निर्देशन गरेको छ ।

कांग्रेसका मन्त्रीहरूलाई हप्तामा २ निश्चित दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी ५ दिन सम्पूर्ण रूपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन गरिएको छ ।

कांग्रेस संसदीय दलको विधानको धारा २० बमोजिम अनुशासन समिति गठनका लागि प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूलाई संयोजक चयन गर्ने, प्रतिनिधिसभा अन्तर्गतका अर्थ समितिका लागि डा. प्रकाशशरण महत, सार्वजनिक लेखा समितिका लागि सञ्जय कुमार गौतम र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका लागि चन्दा चौधरीलाई संयोजक चयन गर्ने निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।