माघभित्र वडा तहमा सदस्यता नवीकरण गरिसक्न कांग्रेसको निर्देशन

माघभित्र वडा तहमा सदस्यता नवीकरण गरिसक्न कांग्रेसको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले माघ महिनाभित्र वडा तहमा क्रियाशील सदस्यता नवीकरण गरिसक्न निर्देशन दिएको छ ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेशसभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर परिपत्र गरेको छ ।

निर्देशनअनुसार माथिल्लो तहका कार्यसमितिले पठाएको सदस्यता नामावलीलाई वडा तहमा नवीकरण गरेर शुल्कसहित माथिल्लो कार्यसमितिमा पठाइनेछ ।

समितिका सदस्य प्रकाश रसाइली स्नेहीले एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको नामावली बुझाइसक्नुपर्नेछ । एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फाराम बुझाउनुपर्नेछ ।

माघ १४ गते प्रदेशसभा क्षेत्रीय समितिले पालिका समितिलाई र गाउँ/नगरले माघ १५ गते वडा तहमा क्रियाशील सदस्यताको नामावली अनिवार्य पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

वडाले माघभित्र नवीकरण गरी फागुन १ गते पालिका तहमा शुल्कसहित नामावली बुझाउनुपर्ने कार्यतालिका पठाइएको सदस्य रसाइलीले बताए ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले चैत १५ र जिल्लाले चैत २९ गते ३ बजेभित्र केन्द्रीय कार्यालयमा शुल्कसहित नवीकरणको विवरण पठाउन परिपत्र गरिएको छ ।