सिंहदरबारमा कांग्रेसका शीर्ष नेता र मन्त्रीहरूको बैठक सुरु

सिंहदरबारमा कांग्रेसका शीर्ष नेता र मन्त्रीहरूको बैठक सुरु


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेता र मन्त्रीहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसहित सरकारमा सहभागी मन्त्रीसँग छलफल गरिरहेका छन् ।

छलफलमा माघ १८ गतेदेखि बोलाइएको संसद् अधिवेशन र मन्त्रीहरूको कामकारवाहीबारे चर्चा हुने जनाइएको छ ।

कांग्रेसले संसद् अधिवेशनबारे नै छलफल गर्न आईतबार संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि शनिबार शीर्ष नेता र मन्त्रीहरूसँग छलफल हुँदैछ ।