काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको बैठक माघ १८ गतेसम्म स्थगित भएको छ ।
संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा आईतबार र सोमबार बसेको संसदीय दलको बैठक १८ गतेसम्म स्थगित भएको हो ।
प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलको बैठक माघ १८ गते बिहान बस्ने जानकारी दिए । सोमबारको बैठकमा सांसदहरूले मन्त्रीहरूलाई मन्त्रालयगत प्रश्नहरू गरेका छन् । बैठकमा १८ जना सांसदले बोलेका छन् ।
माघ १८ गते दिउँसो १ बजेदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ, त्यसअघि कांग्रेस संसदीय दलको बैठक पुनः बस्नेछ ।
संसद्को हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशबारे एकमत व्यक्त गर्न कांग्रेसले बैठक गरिरहेको छ ।
प्रतिक्रिया