काठमाण्डु – नेपाली कांग्रेसले विभिन्न भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएको समयमै गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संस्थाहरूबीचको छलफलपछि सबै भ्रातृ संस्थाहरूको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको छ ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए । भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरूसँग अधिवेशन तयारीबारे छलफल भएको उनले बताए । तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगबारे सुझाव लिएको प्रवक्ता महतले बताएका छन् ।
प्रतिक्रिया