कांग्रेसको सार्वजनिक यातायात समन्वय विभागमा १० सदस्य मनोनित (सूचीसहित)

कांग्रेसको सार्वजनिक यातायात समन्वय विभागमा १० सदस्य मनोनित (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्य मनोनित गरेका छन् ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं प्रमुख रहेको विभागमा सभापति देउवाले १० सदस्य मनोनित गरेका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम सदस्यहरू मनोनित भएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

समितिको सदस्यमा जमुनादेवी पोख्रेल (सुनसरी), प्रवेश चौधरी (धनुषा), प्रकाशकुमार नेपाल (रुपन्देही), संगीताकुमारी थारू (बाँके), केदारनाथ पौडेल (बर्दिया), रामप्रसाद सुवेदी (चितवन), नरबहादुर विश्वकर्मा (सुर्खेत), उमेश केसी (बाग्लुङ), होमबहादुर कुँवर (कञ्चनपुर) र राजकुमार गुरुङ (चितवन) मनोनित भएका छन् ।