कांग्रेसले प्रदेश सरकारका कामको समीक्षा गर्ने

कांग्रेसले प्रदेश सरकारका कामको समीक्षा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले प्रदेश सरकारहरूका कामको समीक्षा गर्ने भएको छ ।

पार्टीको प्रदेश समन्वय विभागका प्रमुख कृष्णचन्द्र नेपालीको अध्यक्षतामा पहिलोपटक बसेको विभागको बैठकले संघीयतालाई सुदृढ गर्नका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै देशभरका प्रदेश सरकारले गरेका कामको समीक्षा गरेर प्रभावकारी बनाउनका लागि गर्नुपर्ने सुधार पहिचान गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेसको प्रदेश संरचनाहरूलाई मजबुत बनाउन संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध विकास गर्न तथा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलाई थप कसिलो बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

सम्बन्ध कसिलो बनाउने मार्ग पहिचान गरी नेपाली कांग्रेसलाई सुझाव दिन प्रदेश पार्टी संरचना र जनप्रतिनिधिसँग छलफल गर्ने निर्णय समेत बैठकले गरेको प्रमुख नेपालीले बताए ।