काठमाण्डु – नेपाली कांग्रेसले भोलि बुधबार प्रतिनिधिसभा बैठकमा अध्यादेश पेश गरिने भएकाले बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन सबै सांसदलाई एसएमएस गरेको छ ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई मंगलबार एसएमएस पठाएर ह्वीप जारी गरेका छन् ।
एसएमएसमा भनिएको छ, ‘फागुन २१ गते दिउँसो १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ ।’
सरकारले सहकारी सम्बन्धी अध्यादेशसहित ६ वटा अध्यादेश सदनमा दर्ता गरे पनि निर्णयार्थ पेश भएका छैनन् । प्रतिनिधि सभामा कांग्रेस र एमाले मिल्दा मात्रै पनि बहुमत पुग्ने अवस्था छ तर राष्ट्रिय सभामा अध्यादेश स्वीकार गर्न अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको पनि समर्थन चाहिएको छ ।
प्रतिक्रिया