कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाउने पदाधिकारी बैठकको निर्णय

कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाउने पदाधिकारी बैठकको निर्णय

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘समसामयिक विषयमा छलफल गरेर आगामी निर्णय लिनका लागि केन्द्रीय कार्यसम्पादन बैठक बोलाउने निर्णय भएको छ ।’

बैठकमा राजसंस्था समर्थित गतिविधिको विषयमा पनि समीक्षा भएको जनाइएको छ । पदाधिकारी बैठकमा संविधान रक्षाको पक्षमा सम्पूर्ण पार्टीपंक्तिलाई उभ्याउने विषयमा छलफल भएको उनले बताए ।

उनले भने, ‘जनताले बनाएको संविधानअनुसार जनताले चुनेका प्रतिनिधिबाट शासन गर्ने व्यवस्थाको रक्षाका निम्ति सम्पूर्ण रूपमा क्रियाशील हुने साझा धारणा बनेको छ । त्यसको लागि आगामी रणनीति तयार गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।’

वर्तमान सरकारलाई व्यवस्थाभित्रका कमी–कमजोरी सुधारमा क्रियाशील गर्ने विषयमा छलफल भएको उनले बताए । ‘जनताका प्रतिनिधिबाट निर्वाचित सरकारले जनअपेक्षामा पूर्ति गर्न नसकेको विषयमा समीक्षा भएको छ । क्षमताले भ्याएसम्म जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बेला आएको र त्यसप्रति सरकारलाई केन्द्रित गराउने निर्णय भएको छ,’ उनले भने ।